७ असार । ललितपुरको पाटन दरवार संग्राहलयको प्राङ्गणमा नेपाली हस्तकला सम्बन्धी निर्यात योग्य वस्तु तथा समाग्रीहरुको प्रदर्शनी गरिएको छ । हस्तकलाका विद्यार्थीहरुले तयार पारेका अन्तराष्ट्रिय बजारमा माग हुने किसिमका नेपाली गरहना र मौलिक कलाकृती भएका सेरामिक माँटाका भाँडाकुडा लगायत चित्रकलाहरु प्रदर्शन गरिएको हो ।
नेपाल सरकार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना हस्तकला महासंघको सहयोगमा सञ्चालन भएको निकासीमा संभावना भएका विभिन्न हस्तकलाका वस्तु निर्माणमा युवा पिढीलाई आकर्षित गर्ने गरि ९० जना भन्दा बढी युवाहरुलाई १५ दिने सिपमुलक साथै प्रविधि हस्तान्तरण सम्बन्धी तालिम दिईएको थियो।
उक्त सिप विकास तालिमका संयोजक सन्दिप घिमिरेका अनुसार तालिममा अन्तराष्ट्रिय बजारको माग लाई ख्याल गर्दै परम्परागत हस्तकलालाई समेत जगेर्ना गर्ने गरि सिप हस्तान्तरण सहित विभिन्न तिन विधामा प्रशिक्षण सहितको तालिम दिईएको थियो।
उक्त १५ दिने तालिम कार्यक्रममा प्रशिक्षार्थीहरुले रत्नपत्थर लगायत विभिन्न चाँदिका गरगहना बनाउन सिक्नुका साथैकला साँस्कृतिलाई व्यवसायमा जोड्ने किसिमले सो सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कोसिस थियो ।
संग्राहलयको प्राङ्गणमा सञ्चालन भएको प्रदर्शनीमा मिथिला चित्रकलाई जसरी नै ब्यवसायीकता दिने किसिमले काठमाण्डौ उपत्यकाका नेवारी समुदायभित्र धार्मिक महत्व बोकेको पुँ कला,(चित्रकला) सम्बन्धी विभिन्न आकृतिका चित्रहरु जस्तै अष्टमङ्गल, सिंह, नरदेवी, लक्ष्मीदेवी लगाएतका चित्रहरुसमेत प्रदर्शनी भएको थियो।
प्रतिक्रिया