१० असार । राष्ट्रिय युवा संघ गोदावरी नगर कमिटिको अध्यक्षमा विकास तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् ।
शनिबार सम्पन्न नगर कमिटिको तेश्रो अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेकपा एमाले निकट भातृ संगठनको अन्य कार्यसमितिका पदाधिकारीहरुमा राहुल महर्जन उपाध्यक्ष,दामोदर कार्की सचिव,झरना नगरकोटी र दिपेश अधिकारी सहसचिए रहेका छन् भने सजना नगरकोटी कोषाध्यक्ष रहेकी राष्ट्रिय युवा संघ जिल्ला कमिटी सहसचिव आरबी शर्माले जानकारी दिएका छन् ।
चापागाउँमा सम्पन्न अधिवेशनमा युवा संघका पूर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य किरण पौडेल, बाग्मती प्रदेश सभा सदस्य तथा एमाले संसदीय दलका सचेतक मधुसूदन पौडेल,पूर्व सांसद चेतनाथ सञ्जेल,जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टी नगर कमिटिका अध्यक्ष प्रभाकर थापालगायतका नेताहरुको उपस्थितिमा आयोजित अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ ।
प्रतिक्रिया