८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरद्वारा करोडौ रुपैयाँ भत्तामा खर्च



ललितखबर
११ असार । ललितपुर महानगरले भत्तामै करोडौं रकम खर्चने गरेको तथ्य सार्वजनिक भएको छ ।
महानगरले आइतबार सार्वजनिक गरेको बजेट वक्तव्यको क्रममा चालु आवको जेठ मसान्तसम्म करोडौ रकम जनप्रतिनिधि र कर्मचारीले भत्ता लिएको तथ्य फेला परेको हो ।
सार्वजनिक विवरण अनुसार गएको ११ महिनामा महानगरले महँगी भत्ता ४ करोड २३ लाख बाँडेको छ । कर्मचारीले बैठक भत्तावापत ४७ लाख ९३ हजार लिएका छन् । महानगरको अन्य भत्ता शिर्षकमा २ करोड ७८ लाख खर्च भएको देखाइएको छ ।
पदाधिकारी बैठक भत्ता ६९ लाख २० हजार र कर्मचारी र पदाधिकारीको विदेश भ्रमण भत्ता ७ लाख ७४ हजार रहेको छ ।
महानगरले गोष्ठि र सेमिनार १ करोड २० लाख खर्च गरेको छ ।
महानगरमा हजारको पुस्तक तथा पत्रपत्रिका १८ लाख ८१ रुपैयाँको पढिएको छ भने आसेपासे र पार्टी नजिकका सञ्चार माध्यमलाई मेयर चिरिवावु महर्जनले ४७ लाख ३७ हजारको विज्ञापन बाँडेका छन् ।
ललितपुर महानगरभित्र टेलिफोन र मोवाइल खर्च २६ लाख ८४ हजार गरिएको छ । महानगरका पदाधिकारीले ३० लाख ३६ हजारको खाजा खाएका छन् ।
कार्यालय सामाग्री किन्न महानगरमा २ करोड ७९ लाख भएको हिसाव देखाइएको छ ।
महानगरमा सुत्केरी र किरिया खर्च ५ लाख, अतिथी सत्कारका लािग ६० लाख ७२ हजार,सरसफाई र मर्मत खर्च ४ लाख ७३ हजार, मसलन्द खर्च ७६ लाख ३७ हजार,पुस्तक तथा सामाग्री १० लाख, इन्धन ११ लाख ६४ हजार, पत्रपत्रिका ७ लाख ३६ हजार, औषधि उपचार १३ लाख १५ हजार,सभा सञ्चालन खर्च,२७ लाख ७६ हजार, विविध खर्च अतिथि चाडपर्व पुजा अतिथी सत्कार ३ लाख,भइपरि आउने ३८ लाख ५८ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
आइतबार महानगरले ६ अर्व ५० करोडको आय व्यय अनुमानित बजेट सार्वजनिक गरेको छ । स्थानीय निकाय सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ३६ बजे