२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मेलाम्चीको पानी वितरण नगरे सासंद डा. तोसिमाले ताला लगाउने



 

१६ असार । ललितपुर क्षेत्रमा मेलाम्चीको खानोपानी वितरण नगरे सांसद डा. तोसिमा कार्कीले तालाबन्दी गर्ने चेतावनी दिएकी छिन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरको नखिपोट, सातदोबाटो, धापाखेल र सातदोबाटोलगायतका हजारौं जनता मेलम्ची खानेपानी रिजर्भ टंयाकीवाट पानी उपभोग गर्न बन्चित भएको र सरकारले एक हप्ता भित्र खानेपानी नदिए सांसद डा.तोसीमा कार्कीले ताला लगाउने चेतावनी दिएकी हुन् ।

ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसीमा कार्की र खानेपानी संघर्ष समितिले मेलम्ची खानेपानी रिजर्भ टंंयाकीवाट ललितपुर महानगरपालिकाका वार्ड नं.१४, १५, २३ र २६ का हजारौं जनता सहज रुपमा खानेपानी वितरण गर्नुपर्ने माग राखेको बताइन् । १ करोड ५ लाख ली.प्रतिदिन क्षमता भएको खानेपानी टयांकीमा सरकारलाई चुनौती दिदंै ताला लगाउने डा. कार्कीले बताइन् ।
सांसद कार्कीले सरकारले जग्गा अधिग्रहण गरी निर्माण गरिएको खानेपानी टंयाकीबाट प्रभावित क्षेत्रका जनताले खानेपानी नियमित उपभोग गर्न पाउनु पर्ने बताइन् । उनले खानेपानी आयोजनाले तयार पारिएको डि.पि.आर समेत गलत भएको दावी गरिन् ।
कार्यक्रममा माननीय खानेपानी मन्त्री महेन्द्र राय यादव, सचिव, महानगरपालिका मेयर चिरिवावु महर्जन, वडा अध्यक्षहरु समेत सहभागी भएका थिए ।
सरकारवाट एक हप्ता भित्र संघर्ष समितिको माँग पुरा गर्ने प्रतिबद्घता जनाएको सांसद डा. तोसीमा काकीले बताईन । सरकारले खुमल्टारमा मेलाम्चीको खानेपानी वितरणका लागि पानी ट्याकी निर्माण गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।