बगानलाई विशुद्ध मनोरञ्जनका लागि भन्दा पनि सामाजिक सन्देश दिन ‘हाम्रा कुरा सुन है’ भन्नका लागि बनाइएको भान हुन्छ
३१ असार । गत शुक्रबारदेखि देशभरका १ सयभन्दा धेरै हलहरुमा चलचित्र ‘बगान’ चलिरहेको छ । चर्चित अभिनेता समेत रहेका निर्देशक सरोज खनालले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’मा अभिनेत्री करिष्मा मानन्धरको मुख्य भुमिका छ ।
लामो समयदेखिको हल्ला खल्लापछि अन्ततः चलचित्र प्रर्दशनमा आएको छ । एकल महिलाको जीवन भोगाईमा आधारित चलचित्र बगान निर्देशकको रुपमा अभिनेता सरोज खनालको परिक्षा पक्कै हुनेछ ।
चलचित्रमा हाम्रो समाजमा देखिदै आएको र भोग्दै आएको सामान्य कथा छ । श्रीमान्को मृत्युपछि एकल महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोण चलचित्रमा जस्ताको त्यस्तै देखाइएको छ ।
मध्यान्तरअघि चलचित्र हेर्नेहरुले कुनै एनजिओको कथामा टेलिफिल्म हेरेको अनुभव हुन्छ । चलचित्रमा कौतुहल जगाउने कुनै कथा छैन । न त हाँस्यरस मिसिएको संवाद छ । मध्यान्तरअघिसम्म चलचित्र हेर्दा अल्छी लाग्छ मध्यन्तरपछि थोरै रोचक चाही छ । तर दर्शकलाई डोहो¥याएर अघि लैजादैन ।
चलचित्रमा करिष्मा मानन्धर‘आकाक्षा’ले एकल महिलाको पात्रलाई न्याय हुने गरि अभिनय गरेकी छिन् । सरोज खनाल‘विजय’को भूमिका औसत लाग्छ । नव अभिनेत्री प्रमिला कार्की ‘प्राप्ती’को अभिनयमा पनि खोट लगाउने ठाँउ छैन ।
पछिल्लो समय बुहारीलाई कन्यादान दिएर विहे गरिदिएको घटना यत्रतत्र हाम्रै समाजमा घटिरहेको अवस्थामा कथा नयाँ लाग्दैन । चलचित्रको कथा हेर्दा २० बर्षअघि नै बनाइएको भए क्रान्तिकारी लाग्थ्यो, शायद
चलचित्रको सिनेमेट्रोग्राफी राम्रो छ । रातको दृश्यमा भने आइएसओ नमिल्दा अप्ठ्रो अनुभव हुन्छ । चलचित्रमा दृश्य विविधतामा विशेष ध्यान दिइएको छ । हाई एङगन र ड्रोन सटले चलचित्रको दृश्य विविधतामा सधाएको छ ।
चलचित्रको संवाद भने शसक्क्त छन् । जसले चलचित्रको कथालाई राम्रो बनाउन सघाएको छ ।
चलचित्रको सबै कथा ट्रेलर मार्फत सार्वजनिक गरिदा चलचित्र हेर्नेहरुले कौतुहल पहिल्यै मेटिएको अनुभव गर्छन् । निर्देशकले नबीन प्रस्तुतीको प्रयोग गरेका छैनन् । कथा सिधासिधा भन्न खोजिएको छ । चलचित्रमा मसला छैन । पछिल्लो समय प्रयोगमा आएको हास्य विधा,द्वन्द्व,थ्रिलरजस्ता कुराहरु भेटिदैनन् ।
चलचित्रमा‘न वारमा छु न पारमा छु’ ‘तिम्रो सुन्दर आँखाबाट’ र ‘उडि छुनुछ आकाश’जस्ता औसत गीतहरु छन् । जुन गीतहरु चलचित्र हेर्दा रमाइलो लाग्छ तर चलचित्र हलबाट बाहिरिएसँगै विर्सिन्छ ।
चलचित्रमा कलाकार निर शाहको सदाबहार पुरानो शैलीमा बोलेको संवादले चलचित्रको नयाँपन हराएको छ । बसुन्धरा भुसाल र मिथिला शर्माजस्ता पुराना कलाकारको अभिनय शैली पनि पुरानै छ
चलचित्र हेर्दा चलचित्र जस्तो लाग्दैन । दर्शकलाई कुनै टेलिफिल्म हेरको भान हुन्छ । पछिल्लो समय बुहारीलाई कन्यादान दिएर विहे गरिदिएको घटना यत्रतत्र हाम्रै समाजमा घटिरहेको अवस्थामा कथा नयाँ लाग्दैन । चलचित्रको कथा हेर्दा २० बर्षअघि नै बनाइएको भए क्रान्तिकारी लाग्थ्यो, शायद । पार्श संगीतले झर्कोलाग्दो छ । यद्यपी करिष्मा,सरोज र प्रमिलालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्रमा प्रमिला कार्की ‘प्राप्ती’ले आत्महत्या गरेर मृत्यु गरेको वावुलाई पटक पटक गाली गर्छिन । जुन मरेर गएको मान्छेलाई गाली गरेको चलचित्रमा हेर्दा दर्शकलाई नमिठो अनुभव हुन्छ ।
चलचित्रमा कलाकार निर शाहको सदाबहार पुरानो शैलीमा बोलेको संवादले चलचित्रको नयाँपन हराएको छ । बसुन्धरा भुसाल र मिथिला शर्माजस्ता पुराना कलाकारको अभिनय शैली पनि पुरानै छ । नयाँ कथा लाग्दैन । पुरानो पुस्ताले बनाएको चलचित्र पुरानो पारा देखिन्छ ।
अभिनेता आकाश श्रेष्ठको छोटो भूमिका छ । जुन चलचित्रलाई नयाँ प्रभाव पारेको जस्तो लाग्दैन ।
एकल महिलाको पिडा चलचित्रमा देखाइएकोले चलचित्र हलसम्म नआएका पुरानो पुस्तालाई भने चलचित्रले तानेर ल्याउन सक्छ । नेपाली चलचित्रका स्थापित कलाकारहरुको अभिनय रहेको चलचित्र बगानले पर्याप्त चर्चा पाएको कारण दर्शक हलसम्म सक्छन् । नयाँ पुस्ताका लागि चलचित्र उपयुक्त नहुन सक्छ ।
चलचित्र ‘बगान’सामाजिक कथामा आधारित छ । बगानलाई विशुद्ध मनोरञ्जनका लागि भन्दा पनि सामाजिक सन्देश दिन ‘हाम्रा कुरा सुन है’ भन्नका लागि बनाइएको भान हुन्छ ।
प्रतिक्रिया