७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पत्रकार वाग्लेका वावुछोरा पारिवारिक झगडामा गम्भिर घाइते, मुद्दा मिलाउन २ लाखको प्रलोभन



अस्पतालमा उपचार गर्न कोही आएनन् । २ लाख दिन्छु मुद्दा मिलाइदिनुस् भन्दै पैसा बोकेर प्रलोभन देखाउन आएका थिए । मैले मलाई न्याय चाहियो । भन्दै फर्काइदिए

ललितपुर खबर
६ साउन । १ गते झगडामा गम्भिर घाइते भएका वाग्ले शुक्रबार विएण्डवि अस्पताल ग्वार्कोबाट डिस्चार्ज भएका छन् । उनको हात भाँचिएको छ । सुमन वाग्लेको टाउकोमा गम्भिर चोट लागेको छ । वलराम वाग्ले आधारभूमि डट कम अनलाइन न्युज पोर्टलका अध्यक्ष हुन् भने मनिष संवादददाता हुन् ।
वाग्लेलाई आफ्नै दाजु सिताराम वाग्ले र भाउजु कालीमैयाँ वाग्लेको उक्सावटमा राजेश वाग्ले निरेस वाग्लेले साँघातिक आक्रमण गरेका थिए । उनले आफ्नो ज्यानको सुरक्षा र पिडक वाग्लेहरुलाई कारवाहीको माग गर्दै महानगरिय प्रहरी बृत्त सातदोवाटोमा उजुरी दिएका छन् । उजुरीपछि वाग्ले दाजुभाईलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको छ ।
पिडित वाग्ले पिडक राजेश वाग्ल्े र निरेस वाग्लेले आक्रमण गरेर घाइते भएपछि विएण्डवि अस्पतालबाट उपचारको पैसा आफैले तिरेर घर फर्केको बताउछन् । भन्छन्,‘अस्पतालमा उपचार गर्न कोही आएनन् । २ लाख दिन्छु मुद्दा मिलाइदिनुस् भन्दै पैसा बोकेर प्रलोभन देखाउन आएका थिए । मैले मलाई न्याय चाहियो । भन्दै फर्काइदिए ।’
पत्रकार वाग्ले अस्पतालको शैयाबाट शरिरमा घाउको खाटा नबस्दै पिडकलाई उन्मुक्ती दिन नसकिने बताउछन् । भन्छन्, ‘विएण्ड वि अस्पतालमा घाइते भएर लडेको विरामीको चिन्ता छैन । अपराधमा संलग्नलाई छुटाउन शक्तिकेन्द्रको दौडधुप चलिरहेको छ ।’
अस्पतालको बेडमा आराम गरिरहेको अवस्थामा काँग्रेस नेता चन्द्र महर्जनलगायतले आफूसँग अपराधमा संलग्नलाई छुटाउन पटक पटक फोन आएको वाग्ले बताउछन् ।

 

गल्ती भयो । हामी उपचार खर्च गरिदिन्छौं । मेलमिलाप गरौं

 

महालक्ष्मी ७ का वडाध्यक्ष वावुराजा महर्जनले पारिवारिक झगडा मिलाउन पारिवारको सदस्यले २ लाख दिन खोजेको बताए । भने, ‘प्रहरीमा उजुरी परेकाले छुटाउन हस्ताक्षर गराउन खोजेका हुन् ।’
पत्रकार वाग्लेका दाजु सिताराम वाग्ले भने जग्गा विवादका कारण भगडा परेको बताउछन् । छोराहरुमाथि आक्रमण गरेपछि पत्रकार वाग्लेका वावुछोरालाई छोराहरुले प्रतिवाद गरेको उनको दावी छ ।
भन्छन्, ‘गल्ती भयो । हामी उपचार खर्च गरिदिन्छौं । मेलमिलाप गरौं ।’ पत्रकार वाग्ले भने सधैको त्रास र अन्याय आफू सहन नसक्ने अवस्था आएकाले उजुरी गरेको बताउछन् ।
महानगरिय प्रहरी बृत्त सातदोवाटोले अभियुक्त वाग्ले दाजुभाईंलाई म्याद थप गरेर थुनामा राखेको बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : २९ बजे