२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको ताल्छिखेलमा क्यान्सर जाँच्ने म्यामोग्राफि मेसिन हस्तान्तरण



८ साउन । ललितपुरको ताल्छिखेलमा महिलाहरुमा संक्रमण हुने स्तन क्यान्सर परिक्षणका लागि म्यामोग्राफि मेशिन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई सोमबार नेपालका लागि जापानका राजदुत किकुता युकाताले मेसिन हस्तान्तरण गरेका हुन् ।
राजदुत युकाताले म्यामोग्राफि उपकरणले महिलाको जीवन बचाउन पहिलो पाइला हुने र बिरामीका परिवारको सुखी जीवानका साथै स्थानीय समुदायको विकासमा योगदान पुग्ने विश्वास लिएको बताए ।
राजदूत युकाताले कोरोना भाइरसको विश्वव्यापि संक्रमणको कारण २०७६ साल फागुनमा उपकरण हस्तान्तरण योजना स्थगित हुन पुगेको स्मरण गरे । ‘ हस्तान्तरण समारोह आज भएता पनि उपलब्ध गराइएको परीक्षण उपकरणलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएको र वास्तवमा उपयोगी भएको देख्न पाउँदा धेरै खुशी लागेको छ,’ राजदूत युकाताले भने ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले म्यामोग्राफि मेशिन प्राप्त हुँदा थप हौसला मिलेको बताए । ‘ फाउण्डेशनले १७ शय भन्दा बढी सेवाग्राहिलाई स्क्रिनिङ गर्दा दुई जना पुरुषमा समेत स्तन क्यान्सर पाइएको उनको भनाई थियो ।
फाउण्डेशनकी महासचिव एवं बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले तथ्यांक हेर्दा महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबै भन्दा उच्च विन्दुमा रहेको डा. घिमिरेले बताइन । डा. घिमिरेले सातवटै प्रदेशमा २५ हजार भन्दा बढी व्यक्तिलाई सुसूचित गराइसकेको ७० भन्दा बढी स्थानमा घुम्ति शिविर सञ्चालन गरिसकेको बताइन्
फाउण्डेशनले २५ हजार भन्दा बढी महिलाको पाठेघरको मुख जाँच र १७ सय भन्दा बढी महिलाको स्तन क्यान्सरको जाँच भइसकेको छ । जाँचेको मध्ये २८ जना महिलामा पाठेघरको क्यान्सर पाइएको छ । ७ जना महिलामा स्तन क्यान्सर पाइएको पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना भएका ६ सय १० जना महिलालाई निको पार्न सफल भएको डा. घिमिरेको भनाई छ ।
फाउण्डेशनका कोषाध्यक्ष राजेन्द्र अर्यालले क्यान्सर फाउण्डेशनको कामपछि ६२ जिल्लाका महिलाहरु लाभान्वित भएको जानकारी दिए ।
उक्त कार्यक्रममा फाउण्डेशनका पदाधिकारि, नेपालस्थित जापानी दुतावासका कमर्चारी, चिकित्सक, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।