६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको बडिखेलमा विषालु जङ्गली च्याउ खाँदा ३ जना विरामी




९ साउन । ललितपुरको बडिखेलमा विषालु जङ्गली च्याउ खाँदा ३ जना बिरामी परेका छन् ।
विषालु च्याउ खाएर २३ वर्षीय दीपेश पहरी,१६ वर्षीय सुशान्त पहरी र २२ वर्षीय प्रज्वल पहरी बिरामी परेका हुन् । उनीहरुले बडिखेलको ठूलो खोला क्षेत्रबाट च्याउ ल्याएर पकाएर खाएका थिए ।

गोदावरी नगरपालिका ४ अध्यक्ष सानुभाई नगरकोटीका अनुसार बिरामी परेका तीनै जनाको अहिले जावलाखेलस्थित नेशनल अस्पतालमा उपचार भईरहेको छ ।
उनीहरुको स्वास्थ्य सुधार भइरहेको छ ।
यो घटनापछि गोदावरी वडा नम्बर ४ कार्यालयले सूचना जारी गर्दै जंगली च्याउन नखान सूचना जारी गरेको छ । यस क्षेत्रमा पटक पटक च्याउ खाएर विरामी पर्न थालेपछि सूचना जारी गर्नु परेको वडाध्यक्ष नगरकोटी बताउछन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : १६ बजे