६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको महाँकालमा कर विवाद



९ साउन । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले दुग्ध व्यावसायीहरुलाई करको दायरामा ल्याएपछि विवाद उत्पन्न भएको छ ।
यही आर्थिक बर्षबाट गाँउपालिकाले दुध व्यावसायमा संलग्न व्यापारीलाई १० पैसा र स्थानीय दुग्ध एजेन्टलाई १० पैसा गरी प्रतिलिटर २० पैसा कर संकलन गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो ।
स्थानीय दुग्ध व्यावसायमा लागेका सरकारले किसानलाई अनुदाय दिएर प्रोत्साहन गरिरहेको अवस्थामा स्थानीय सरकारले कर लगाएको भन्दै विरोध गरेका हुन् ।
गाँउपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै कर लगाएको बताउदै गाँउपालिका अध्यक्ष गणेश केसीले करको विषय राजनीतिक खेल भएको आरोप लगाए । उनले भने, ‘हामीले किसानलाई कर लगाएका होइनौ । दुध बेचेर कमाई गरिरहेका व्यापारीहरुलाई करको दायरामा ल्याएका हौं । व्यावसाय गर्नेले कर तिर्नुपर्छ । किसानलाई असर पर्ने गरि मूल्य उठाउन समेत हामी दिदैनौं ।’
करको विषयमा स्थानीय व्यावसायीहरुसँग छलफलपछि मात्रै करको दर निर्धारण गरिएको तर्क गर्दै अध्यक्ष केसीले विरोधको तुक नभएको ललितखबरसँग बताए ।
उनले कर लगाएपछि गाँउपालिकाले वयावसायीहरुलाई सुविधा पनि दिउको दावी गरे भने, ‘अघिल्ला बर्षहरुमा बर्षामा लामो समयसम्म सडक अवरुद्ध भएर दुध सदरमुकाम लैजान गठीन थियो । हामीले यो बर्ष तत्काल दुधका गाडी उद्दार गर्न सडकको पहिरो तुरुन्तै हटाउने व्यवस्था गरेका छौं ।’
उनका अनुसार गाँउपालिकाले अव सबै व्यावसाय गर्ने व्यावसायीहरुलाई करको दायरामा ल्याउन दर्ता अभियान सञ्चालन गर्दैछ ।
दुग्ध व्यावसायपछि अव तरकारीको वयावसाय गर्ने व्यापारीहरुलाई करको दयरामा ल्याउन गाँउपालिकाले योजना बनाइरहेको छ ।
दक्षिण ललितपुरको महाँकाल गाँउपालिका श्रोतको हिसावले कमजोर गाँउपालिकाको रुपमा परिचित छ । यहाँ ढुंगा गिटीलगायतका खानीजन्य सरसामान निकासी हुनसक्ने अवस्थामा छैन । सुदुर पहाडको बीचमा रहेको गाँउपालिकामा उद्योग कलकारखाना छैनन् ।
यहाँ पर्यटनको अपार सम्भावना भएपनि पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहुँदा होटल व्यावसाय समेत फस्टाएको छैन । यो दिशामा गाँउपालिकाले उल्येख काम गरेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ५६ बजे