१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर भैसेपाटीको एक कोरियन नागरिकको डेरामा चोरी




ललितपुर, ९ साउन । ललितपुर भैसेपाटीको एक कोरियन नागरिकको डेरामा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ भैसेपाटी बुद्धचोक डेरा गरी बस्ने कोरियन नागरिक चो चाङ मीको कोठामा चोरी भएको हो । उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी कोठाभित्र रहेको नगद ८ लाख रूपैयाँ र ४ हजार अमेरिकी डलर सोमबार राति चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ५१ बजे