८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेलबाट धाराको सामान चोरेको आरोपमा कवाडी संकलन गर्ने भारतीय महिलाहरु पक्राउ



ललितखबर

११ साउन । हातमा बोरा बोकेर घर घर डुल्ने ६ जना महिलाहरु चोरी गरेकोे आरोपमा पक्राउ परेका छन् । ललितपुर महानगर २४ धापाखेलस्थित राजु सापकोटाको निर्माणाधिन घरको तीन तला माथिबाट धाराको सरसामान चोरेको आरोपमा सातदोबाटो टुटेपानीबाट ६ जना कवाडी संकलक भारतीय महिलाहरु महानगररिय प्रहरी बृत्त सातदोबाटोले पक्राउ गरेको हो ।

 

हामी कडा सजायको माग गरेर निवेदन दिन्छौं । यस्तो चोरीको घटना अरु ठाँउमा नघट्न उनीहरुलाई कडा कारवाही हुनु पर्छ

भारतको मध्य प्रदेश बस्ने लक्ष्मीे गिरी,पद्मा गिरी,ज्योती गिरी,राधिका गिरी, पुलामा गिरी नाम गरेका सामानका महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार दिउँसोपख धारा फिटिङ गर्ने प्लम्बरले काम गर्ने क्रममा राखेको सामान नदेखेपछि नजिकै रहेको विद्यालयको सिसिटिभि हेरेर चोरी गरिरहेको फुटेज पत्ता लागेको घरधनी राजु सापकोटाका भाई हरि सापकोटाले ललितखबरलाई बताए । निर्माणाधिन घरको ट्वाइलेटको लागि पाइप फिटिङको ६० हजार बराबारको सरसामान चोरी भएको उनले बताए ।

 

हामीले धेरै पटक पक्राउ गरे छोड्ने गरेका छौं । ठाँउ ठाँउमा सामान चोरी गरेको भन्दै उजुरी आउँछ

चोरी गरेर उनीहरुले गोदावरी नगरपालिका १२ ठेचोस्थित कवाडी नजिकै राखेकोे अवस्थामा फेला परेको थियो । टुटेपानीमा फेला परेका उनीहरुलाई स्थानीयहरुले घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहायतामा सामान ठेचो पुगेर फिर्ता ल्याएको थियो ।
महानगरिय प्रहरी बृत्तका एक प्रहरीले सामान चोरी गरेको आरोपमा भारतीय महिलाहरु पटक पटक पक्राउ पर्ने बताएको बताए । उनले भने, ‘हामीले धेरै पटक पक्राउ गरे छोड्ने गरेका छौं । ठाँउ ठाँउमा सामान चोरी गरेको भन्दै उजुरी आउँछ ।’
टोल टोलमा पुराना प्लाष्टिक खोज्दै हिड्ने महिलाहरु जे सरसामान भेट्यो त्यही बोक्ने गरेको स्थानीयहरु बताउछन् ।
पिडित सापकोटाले सामान प्रहरी कार्यालय सातदोबाटोमा रहेको र आज चोरीको निवेदन दिएर फिर्ता ल्याउने प्रक्रिया सुरु गर्ने बताए । उनी भन्छन्, ‘हामी कडा सजायको माग गरेर निवेदन दिन्छौं । यस्तो चोरीको घटना अरु ठाँउमा नघट्न उनीहरुलाई कडा कारवाही हुनु पर्छ ।’

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १ : ५७ बजे