६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीका अभियन्ता सरसफाई, सचेतनासंगै र बृक्षारोपण गर्दै



सरसफाई र संरक्षणमा स्थानीयहरुको सहयोग लिदा अपनत्व हुने रहेछ । संरक्षणको दायित्वबोध पनि हुने रहेछ । हामीलाई काम गर्न पनि सझिलो छ

१४ साउन । गोदावरी क्षेत्रका अभियन्ता कहिले खोलामा पसेर फोहोर निकालिरहेका भेटिन्छन्, कहिले व्यानर बोकेर गोदावरीको टोल घुम्छन् भने कहिले उनीहरु बृक्षारोपण गर्न बन पाखामा डुल्छन् ।
मध्यललितपुरको गोदावरी क्षेत्रका अभियन्ताहरुले गोदावरी क्षेत्रको खोलाहरु सरसफाई अभियान निरन्तर जारी राखेका छन् ।
बेबी राजभण्डारी,गोपि कार्की र नारायणी पाण्डेलगायतका अभियन्ताहरु खोला सरसफाईसँगै सचेतना, बस्ती सरसफाई, पर्यावरणीयमैत्री होर्डिङ बोर्ड राख्दै सरसफाई सचेतनासँगै बृक्षारोपण गरिरहेका छन् ।

 

एउटा दुईवटा समाजिक काम गर्न खासै गाह्रो हुँदैन होला । तर निरन्तर बर्षै बर्ष अभियान चलाउन कठीन हुने रहेछ

बर्षाको समय भएकाले पछिल्लो समय बृक्षारोपण भइरहेको अभियन्ता राजभण्डारी बताउछिन् । ‘हामीले पछिल्लो समय गोदावरी १४ वडा कार्यालय, बाँडेगाँउ श्वेतबाराही, बज्रयोगिनी मन्दिर परिसरमा ८ सय बृक्षारोपण गरेका छौं ।’ उनले भनिन् । ‘हामीले गोदावरी १ मुक्तिनाथ मन्दिर,मनकामना मन्दिरपरिसरमा बृक्षारोपण गर्न विरुवा हरुतान्तरण गरेका छौं ।’ राजभण्डारी भन्छिन् ।


पछिल्लो समय गोदावरी नगरपालिका १३ झरुवारासी, गोदावरी सरोकार, बज्रयोगिनी मन्दिर झरुवारासी, नेपाल रेडक्रस ललितपुर, क्लिन अप नेपाल, लक्ष्मी सनराइज बैंक, अभियन्ता र स्थानियको सहकार्यमा भएको कार्यक्रममा लगभग ५ सय वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको राजभण्डारी बताउछन् । उनका अनुसार बव क्षेत्रमा फलफूल र औषधिजन्य रुख रोपिएको थियो ।

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको २ सय ३२ हप्ताको सचेतनामुलक कार्यक्रमअन्तर्गत गोदावरी १३ झरुवारासीको बज्रयोगिनी मन्दिर परिसरमा बृक्षारोपण गरिएको थियो ।
अभियन्ता अभियान निरन्तर सञ्चालन गर्न ज्यादै कठीन हुने अनुभव ललितखबरसँग साटिन् । भनिन्, ‘एउटा दुईवटा समाजिक काम गर्न खासै गाह्रो हुँदैन होला । तर निरन्तर बर्षै बर्ष अभियान चलाउन कठीन हुने रहेछ । सधै भरि हामीले सहयोगीहरु भ्ट्दैनौं । धेरै मानिस र संघ संस्थाहरुको सहयोगबीना अभियान चलाउन गाह्रो हुने रहेछ ।’


अभियन्ताहरु समुदायको सहकार्यमा अभियान चलाउदा प्रभावकारी हुने देखेर स्थानीय विभिन्न संघ संस्था र समुदायको सहयोग लिने गरेका छन् । अभियन्ता राजभण्डारी भन्छिन्, सरसफाई र संरक्षणमा स्थानीयहरुको सहयोग लिदा अपनत्व हुने रहेछ । संरक्षणको दायित्वबोध पनि हुने रहेछ । हामीलाई काम गर्न पनि सझिलो  छ।’ संस संस्थाको सहयोग भए नख्खु खोला सरसफाईमा समेत हात हाल्ने योजना रहेको राजभण्डारी बताउछिन् । वन संरक्षणका मुद्दामा समेत पैरवी गर्ने योजना उनले सुनाइन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ४७ बजे