२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर मन्दिर भत्काउनुअघि क्षमा पुजा



 

ललितपुर महानगरको सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर महादेव मन्दिर पुर्ननिर्माणका लागि भत्काउने शुभसाइतको सन्दर्भ पारेर आज क्षमापूजा भइरहेको छ । भृङ्गारेश्वर सुधार समितीका अनुसार मन्दिर पुर्ननिर्माणका लागि आज विहान सुरु हुने पुजामा सबै भक्तजनहरुलाई निम्ता गरिएको छ ।
समितीका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि अघि प्रार्दुभाव भएको हो । उनले गोपाल वंशमा उल्येखख भएको आधारमा पशुपतिनाथ भन्दा जेठो देवताको रुपमा पुज्ने गरेको बताए ।
मन्दिरमा श्रावण महिनाभर भक्तजनको भीड लाग्ने गर्छ । शिवरात्रीमा यहाँ विशेष पुजाआजा हुने गरेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।