ललितपुर महानगरको सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर महादेव मन्दिर पुर्ननिर्माणका लागि भत्काउने शुभसाइतको सन्दर्भ पारेर आज क्षमापूजा भइरहेको छ । भृङ्गारेश्वर सुधार समितीका अनुसार मन्दिर पुर्ननिर्माणका लागि आज विहान सुरु हुने पुजामा सबै भक्तजनहरुलाई निम्ता गरिएको छ ।
समितीका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि अघि प्रार्दुभाव भएको हो । उनले गोपाल वंशमा उल्येखख भएको आधारमा पशुपतिनाथ भन्दा जेठो देवताको रुपमा पुज्ने गरेको बताए ।
मन्दिरमा श्रावण महिनाभर भक्तजनको भीड लाग्ने गर्छ । शिवरात्रीमा यहाँ विशेष पुजाआजा हुने गरेको छ ।








प्रतिक्रिया