कपडा र १३ हजार पैसा बेकेर उनी म उठ्नु अघिनै हिडिछन्
ललितखबर
२० साउन । ललितपुरको ठेचोबाट एक महिला मध्यरातमा ओछ्यानबाटै बेपत्ता भएकी छिन् ।
कोठाबाट गाँउ फर्कने तयारी गरिरहेको अवस्थामा गत सोमबार विहान ५ बजेभन्दा अघि ओछ्यानबाट उठेर बेपत्ता भएको उनका श्रीमान् प्रेमबहादुर मगरले बताए । भने,‘कपडा र १३ हजार पैसा बेकेर उनी म उठ्नु अघिनै हिडिछन् ।’
महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार सर्लाही श्रीकालिञ्जोर घर भई गोदावरी १२ ठेचोमा कोठा लिएर बस्ने तारा भन्ने सुमित्रा वाइवा गतसोमबारबाट बेपत्ता भएकी हुन् । श्रीमान प्रेमबहादुर मगर, दाजु सोमबहादुर मगर र बेपत्ता वाइवाको ताराकी दिदी निर्मला तामाङले खोजीका लागि निवेदन दिएको मगर बताउछन् ।
करिव ३ महिना अघिदेखि ठेचोमा बस्दै आएका उनीहरुबीच सामान्य झगडा भएको बुझिएको छ । उनका पनि मगर विभिन्न ठाँउमा खोजी गरे पनि फेला पर्न नसकेको र आफूहरु चिन्तामा रहेको बताए ।
उनी दिदी आयुष तामाङ श्रीमान् प्रेमबहादुरले नियमित कुट्ने गरेको र झगडा परिरहने बताउछिन् ।
आफूहरु कोठा छोडेर सधैका लागि गाँउ फर्कन लागेको उनको भनाई छ । फेला पार्ने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८६४८४४४८० मा खबर गर्न उनले अनुरोध गरेका छन् ।








प्रतिक्रिया