१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरले लगायो पाटन दरबारका मन्दिरमा बस्न निषेध



 

२० साउन । पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न ललितपुर महानगरपालिकाले निषेध गरेको छ ।
मन्दिरमा बसेर युवा युवतीहरु अंगालो हाल्ने काखमा बस्ने र चुम्बन गर्नेजस्ता गतिविधि देखिने गरेको थियो ।

महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको हो । दरवारपरिसरका विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको र अन्य मन्दिरहरूमा पनि क्रमशः निषेध गरिने उनले बताए ।
बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउन लागेको छ भने बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने उनले बताए ।
मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हाछेथुले बताए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ५८ बजे