ललितखबर
२१ साउन । आजकल समय दक्षिण ललितपुरको गाटिखेल र आसपासको गाँउघरका चिया पसलमा दुधमा कर लगाउने कि नलगाउने विषयमा बहस हुने छ । चिया पसलमा कर लगाउनु पर्ने । कर लगाउन नहुने दुई कित्तामा बाँडिएका छन् ।
आजकल सरकारले कृषकहरुलाई अनुदान दिएर कृषि उत्पादन बढाईरहेको छ । तरकारी दुधलगायत उत्पादन समेत भारतबाट आयात गर्दा नेपाली पैसा विदेसिने अवस्थालाई मध्यनजर गरेर सरकारले मल, विउ र उत्पादनमा अनुदान दिने गरेको छ । तर महाँकाल गाँउपालिकाले भने कृषि उत्पादनलाई कर लगाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।
नेकपा एमालेका महाकाल गाँउपालिका अध्यक्ष पुरुषोत्तम हुमागाँई भने चितवनको गाँउपालिका भरतपुरमहानगरले किसानको खातामै जाने गरेर प्रतिलिटर ५ रुपैयाँ र माडी नगरले ७ रुपैयाँ अनुदान दिएको उदाहरण दिदै भन्छन्, ‘मिल्क होलिडे हुँदा डेरीहरुले महाँकालको दुध कर तिरेर डेरीहरुले किन्दैनन् । व्यावसायीले करको भारी आफु बोक्दैनन् । किसनलाई बोकाउछन् ।’ कोरोना माहामारीमा गाँउघरको दुध बिक्रि नभएको उदाहरण दिदै करले यहाँका किसान कमजोर हुन्छन् ।
गाँउपालिकाले दुधमा प्रतिलिटर २० पैसा कर उठाउने निर्णय गरेसँगै बहस सतहमा आएको छ । गाँउपालिकाका अध्यक्ष गणेश केसी कर किसानलाई लगाउने नभई दुग्ध व्यावसायीलाई लगाउने निर्णय भएको बताउछन् । ‘हामीले किसानलाई करको भार नबोकाउने शर्तमा व्यावसायीहरुसँग छलफल गरेर कर लगाउने निर्णय गरेका हौं । भन्नुस त कुन चाँही स्थानीय सरकारले व्यावसायीसँग सरसल्लाह गरेर पहिले नै सहमती गरेर कर लगाउछ ?’ अध्यक्ष केसी प्रश्न गर्छन् ।
किन भइरहेछ विवाद ?
महाँकाल गाँउपालिकाको एमाले माओवादी गठबन्धनपछि अघिल्लो कार्यकालमा नेकपा एमालेबाट विजयी रामचन्द्र दाहाल गाँउपालिका अध्यक्ष थिए । गत स्थानीय निर्वाचनमा माओवादीले साथ दिएपछि नेपाली काँग्रेसका गणेश केसी अध्यक्ष निर्वाचित भए ।
विवाद किसानको भए पनि कर विवादमा राजनीति मिसिएको छ । करको विरोध नेकपा एमालेसम्बद्ध अखिल नेपाल किसान संघले विरोध गरिरहेको छ । विरोधको बचाउ काँग्रेस कार्यकर्ताले गरिरहेका छन् ।
गतशुक्रबार किसन संघले गाँउपालिकामा करको विरोधमा प्रर्दशन ग¥यो । विरोध कार्यक्रममा गाँउपालिकाले प्रहरी परिचालन गरेर कडा सुरक्षा दियो । वार्ता स्थलमा पत्रकारलाई प्रवेश निषेध गरियो । गाँउपालिकाको कार्यालयमा प्रवेश गर्न प्रर्दशनकारीले गेट चढ्नु परेको लस्जास्पद भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो ।
कसरी टुंगेला विवाद ?
प्रर्दशनपछि गाँउपालिकामा भएको वार्तामा दुबै पक्ष अडिक छन् । किसानसंघका प्रतिनिधिले कर लगाउने नै भए कर किसानको खातामा दिनुपर्ने तर्क गरे । गाँउपालिकाका अध्यक्षले सधै सडक तन्दुरुस्त राख्न बजेट चाहिने र त्यसका लागि व्यावसायीको सहयोग आवश्यक पर्ने तर्क गरे ।
अध्यक्ष केसीले दुधसँगै अव तरकारी व्यावसायीलाई समेत करको दायरामा ल्याउने बताए । गाँउपालिकामा व्यावसाय गर्ने हरेकले कर दिर्नुपर्ने सिस्टम आफूले बसाल्न लागेको उनको भनाई छ । गाँउापलिकाको आन्तरिक श्रोत नभकोले विकाश गर्न कठीन रहेको उनको भनाई छ
२१ श्रावण २०८०, आइतबार
474
Shares
प्रतिक्रिया