१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नल्लु खोला सरसफाई अभियान सुरु



पाथिभारा मन्दिरमा डस्विन राख्ने र बृक्षारेपाण गरिने कार्यक्रम राखिएको छ

ललितखबर
२६ साउन । पछिल्लो राजधानीमा विभिन्न खोला सरसफाई चालु छ । तुलनात्मक रुपमा ललितपुरको दक्षिण भेग भएर बग्ने नल्लु खोला फोहोर छैन ।
तर पछिल्लो समय खोला फोहोर बन्ने क्रम सुरु भएपछि स्थानीय युवहरु सक्रिय भएर खोला सरसफाई अभियान नियमित गर्ने कोसिस गरिरहेका छन् ।

 

भोलि नै नदिलाई दिर्घकालीन रुपमा सरसफाई र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा फलफल कार्यक्रम समेत राखिएको छ । हामी भेलामार्फत मासिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने योजना छ

गोदावरी खोला सरसफाई अभियानकी अभियन्तता बेबी राजभण्डारी शनिबार नल्लु खोलाबाट सरसफाई गरिने बताइन् । उनले भनिन्,‘पाथिभारा मन्दिरमा डस्विन राख्ने र बृक्षारेपाण गरिने कार्यक्रम राखिएको छ ।’
केही समयअघि कवेल घलानको अध्यक्षतामा नल्लु खोला सरसफाई समिती गठन भई अभियान समेत सुरु भएको थियो । अभियन्ता राजभण्डारीले आफूहरुले नल्लु खोला सरसफाईमा समेत हालेमालो गर्ने बताइन् ।
‘भोलि नै नदिलाई दिर्घकालीन रुपमा सरसफाई र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा फलफल कार्यक्रम समेत राखिएको छ । हामी भेलामार्फत मासिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने योजना छ’ उनले भनिन् ।
सरसफाई कार्यक्रममा स्यानीय युवा, इलाकाप्रहरी कार्यालय कोञ्ज्योसोम र गोदावरी खोला सरसफाई अभियानले साथ दिने बताइएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : २६ बजे