२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको ‘मामाघर’मा धार्मिक महोत्सव हुँदै



महोत्सवमा हरेक दिन विशिष्ट पाहुनालाई स्वागत गर्दैछौं । सचिवालय एक महिना अघिदेखि पर्चा पम्प्लेट र माइकिङलगायत प्रचार प्रसार र निमन्त्रणमा व्यस्त छ

ललितखबर
३० साउन । ललितपुरको गोदावरी बाँडेगाँउमा यही भदौं २० गतेदेखि धार्मिक महोत्सव तथा श्रीमद भागवत विराट ज्ञान महायज्ञ हुने भएको छ ।
बाँडेगाँउस्थित ‘मामाघर’ अनाथालयमा अनाथ वालवालिकाहरुको सहयोगार्थ धार्मिक महोत्सवको रुपमा महायज्ञ आयोजना गर्न लागेको आश्रमले जानकारी दिएको छ ।
आश्रमका सचिवालय सदस्य टंकमणी भट्राईका अनुसार यही भदौ १६ गते गोदावरीबाट मोटर साइकल¥याली हुनेछ । २० गते महोत्सव स्थलबाट कलश यात्रा हुनेछ । कलश यात्रीले गोदावरी कुण्डबाट जल बोकेर नगर परिक्रममा गर्नेछन् ।
‘महोत्सवमा हरेक दिन विशिष्ट पाहुनालाई स्वागत गर्दैछौं । सचिवालय एक महिना अघिदेखि पर्चा पम्प्लेट र माइकिङलगायत प्रचार प्रसार र निमन्त्रणमा व्यस्त छ’सचिवालय सदस्य भट्राईले ललितखबरसँग भनेका छन् ।
महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गरिएको सचिवालय सदस्य भट्राईले बताए ।
महोत्सवको कथाबाचन महिला विदुषिहरुबाट हुँदेछ । गरिमा उपाध्याय र उमा महेश्वरीले कथा बाचन गर्ने कार्यक्रम तय भएको संयोजक भट्टराई बताउछन् ।
भक्तपुरको ताथलीमा बेसहारा जेष्ठ नागरिकहरुका लागि ‘छोरीको घर’आश्रमको भगिनी संस्था सञ्चालन भइरहेको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।