६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक



३१ साउन । ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो ।
विपद् प्रतिकार्य योजनाको सार्वजनिकीकरण गर्दै कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०का कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० का मूख्य पक्षहरुको बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले योजनाको उद्देश्य, महत्व, परिमार्जन आदिका बिषमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सहयोग गर्ने सबै पक्षहरुलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल ९एनसेट० र विपद् पूर्वतयारी संजाल–नेपाल ९डीपीनेट०को प्रविधिक सहयोग र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरले सो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको हो ।
कार्यक्रमका सहभागी जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरु तथा अन्य सरोकारवाला निकायका सदस्यहरुले प्रतिकार्य योजनाका बारेमा आफ्नो धारणा तथा सुझाव राखेका थिए । बिभिन्न व्यक्तिहरुको सुझावलाई समावेश गर्दै प्रतिकार्य योजनालाई अन्तिम रुप दिएको हो ।
कार्यक्रममा जिल्लाको महालक्ष्मी नगरपालिकाका प्रमुख हरीगोविन्द श्रेष्ठ, वागमती गाउँपालिकाका प्रमुख बिरबहादुर लामा, जिल्लाका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, खानेपानी, स्वास्थ्य, बिद्युत, वन कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : १९ बजे