१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगर सडकमै पार्किङ गराउदै, यात्रुलाई समस्या



 

३ भदौं । ललितपुर महानगरपालिकाले सडकमै गाडीहरु बैधानिक रुपले पार्किङ गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ ।
म्हानगरले सडकबाट पार्किङ हटाएर यात्रुलाई हिडडुल गर्न सहज बनाउनु पर्नेमा समानान्तर पार्किङ नियम भन्दै सडकमै पार्किक स्थल बनाएर अराजकता निम्त्याएको हो ।
जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको शनिबारदेखि लागू हुने गरी समानान्तर पार्किङ सुरु गरिएको हो ।
जनताको जग्गाको मुआव्जा नदिई केन्द्र सरकारले सडक विस्तार गर्ने र स्थानीय सरकारले बैधानिक रुपमा पार्किङमा परिणत गर्दै जादाँ रैथानेहरु निराश छन् ।
ललितपुर महानगरले साधुरा सडकहरुमा साइकल लेनको चित्र बनाएर सार्वजनिक यातयातलगायत ठूला गाडीलाई सडकमा अवरोध पु¥याउदै आएको छ । साइकल लेनको उपयोगिता र प्रयोगमा उन्नती भएको पनि पाइदैन ।
काठमाडौं, पोखरा, हेटौडालगायतमा नगरहरुले सडक सार्वजनिक घर टहरा हटाएर गाडीलाई सजह बनाइरहेको सन्दर्भमा ललितपु महानगरले भने उल्टो पाल्टो नियम बनाउदै प्रचारबाजीमा लाग्दै आएको छ । जसका कारण नगरबासीलाई हिडडुल गर्न समेत समस्या हुने गरेको स्थानीयहरु बताउछन् ।
ऐतिहासिक पुरातात्विक सास्कृतिक शहर पाटनको पुराना संरचनालाई संरक्षण गर्नु पर्नेमा मेयर चिरिवावु महर्जन स्मार्टसिटीको नारा ल्याएर शहर ध्वस्त बनाउन उद्दत्त छन् ।
कठमाडौं महानगरले अण्डरग्राउण्ड पार्किङ निर्माणलाई प्राथकिमता दिदै सडकमा पार्किङ हटाउने अभियान चालिरहेको सन्दर्भमा ललितपुरमा भने उल्टो नियम ल्याइएको छ ।

यस सडकको एक तिर सवारी समानान्तर किसिमले पार्किङ गर्ने नियम ल्याइएको छ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको तर्क गर्छन् ।

खरिबोट भनिमण्डलमा नियम सुरु गरेको महानगले यो नियम क्रमशः अन्य ठाउँमा पनि लागू गर्ने बताएको छ ।
महानगरले व्यावसायीलाई पार्किङ स्थल बनाएर भाडामा लगाउने, अण्डरग्राउण्ड पार्किङ अनिवार्य गराउने जस्ता नियम लागू नगर्दा पार्किङको समस्या छ ।
काठमाडौं महानगरले शहरका धेरै अण्डरग्राउण्ड पार्किङलाई समेत निशुल्क बनाएर शहरबासीलाई सुविधा दिएको छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ५३ बजे