१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘म आतिन्छु, तर मातिन्न’ : जितु नेपाल



जितु नेपाल
हास्य कलाकारको लागि गाईजात्रा दशैं मानिन्छ । तर आजकल दर्शकको अभाव हुँदा गाईजात्रा चैते दशैंजस्तो भएको छ ।
२०५१ ५२ सालतिर हास्य कलाकारहरु सन्तोष पन्त,शैलेन्द्र सिम्खडालगायतले हास्यव्यङ्य महोत्सव आयोजना गर्थे । मलाई लाग्यो त्यहाँ प्रहसन गरे हास्यकलाकार बनिन्छ भन्ने लाग्यो । मेरो जोडीको रुपमा दमन रुपाखेती थिए । हामी त्यहाँ प्रहसन देखाउन धेरै पटक धायौं । हामी प्रहसन गर्न ढिपि गरेपछि हामीलाई ५देखि ७ मिनेटको प्रहसन बनाउन भनियो ।
भोलिपल्ट भव्य शुभारम्भ भयो । हामीले हाकिम र पिउनको प्रसंग जोडेर बनायौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । हामीले प्रस्तुती प्रधानमन्त्रीलाई देखायौं । दाईदिदीहरुले स्यावास र राम्रो भने । मैले खुशी हुँदै बुवाआमालाई पनि भने । प्रधानमन्त्रीको अगाडि प्रहसन देखाउन पाएपछि खुशीले रातभर निन्द्रा लागेन ।
तर भोलिपल्टबाट समय अभाव र धेरै नसाउन नसकेको भन्दै हाम्रो प्रस्तुती राख्न दिएनन् । म रुदै थचक्क बसे । दमन रुपाखेती भित्रभित्रै रोए । रुदै डिल्लीबजारस्थित कलाकार संघको कार्यालय पुगेर महासचिव मोहन निरौला र बसुन्धरा भुसालको अगाडि रोयौं ।
महासचिव मोहन निरौलाले सान्त्वना दिए । बसुन्धरा भुसालले ‘हाम्रा छोराहरुलाई यसो गर्ने’ म कुरा गर्छु भनिन् ।
दुई दिनपछि फेरि हामी खुलामञ्च गयौं । अनि त्यहाँ हामीले प्रहसन देखायौं । फेरि त्यो समूहमा प्रहसन देखाउन थाल्यौं ।
हामीले ‘तितेजिरे गाईजात्रा’ सुरु ग¥यौं । अभिनेता दिपकराज गिरी र मैले यसको लिड ग¥यौं । करिव १० ११ बर्ष गाईजात्रा निरन्तर आयोजना ग¥यौं ।
कलाकार छनौट गर्दा दिपकजीसँग सधै विवाद हुन्थ्यो । म जो कलाकारलाई पनि समेट्न खाज्थे । दिपकजी जो कलाकार पनि समेट्न खोजेको भन्दै गुनासो गर्थे । म प्रहसन गर्न नपाएदा रोएको सम्झन्थे । अनि आफ्नो भूमिका काटेर साथीहरुलाई महत्व दिन्थे ।
तर अहिले कोरोना महामारीपछि गाईजात्राको प्रहसन ठण्डाराम भइरहेको छ । कविले वाचन भए पनि कविता कोरेकै छन् । वकिलले मुद्दा हारे पनि जिते पनि मुद्दा लडिरहेका छन् । पत्रकारले समाचार खोजिरहेका छन् । अनि मैले किन काम नगर्ने भनेर यो बर्ष गाईजात्रा डिजिटल माध्यमबाट प्रशारण गर्दैछु ।
सुमन गिरी, निरज नेपाल र भिम अधिकारीलगायतसँग सल्लाह गरे । मेरो आँट देखेर उहाँहरुले कथा लेख्न लगाउनु भयो । कलाकारहरु सुरेन्द्र केसी, कमल मैनाली, शिवशंकर रिजाल, दिनेश काफ्ले, प्रभात लामालगायतसँग साथ लिएर गाईजात्रा सुरु गरेको छु ।
हामीसँग सहयोगी आएका छन् । गर्न चाहे सहयोग गर्नेहरु हुने रहेछन् । यस्तै सहयोग पाए अर्को बर्ष स्टेजमै कार्यक्रम गर्छु । टलिभिजनसँग पनि यो कार्यक्रम प्रशारण गर्ने कुरा भइरहेको छ । काम गर्न साह्रै गाह्रो छ । एउटै कार्यक्रमको ४देखि ५ लाख खर्च हुन्छ । आर्थिक मन्दी छ । प्रयोजक पाइदैन । एउटालाई मात्रै दिएर भएन । धेरै कार्यक्रम छन् ।
एउटा प्रसंगको सम्झना आउँछ । हामी कमेडी टुरमा हिडेका थियौं । कार्यक्रम गर्दै जाँदा एउटा ठाँउमा दर्शक थोरै देखिए । शिवशंकर दाईले ‘मुड नै आएन जितु दर्शक कम भए भन्दै थिए ।’ म यसो हेर्नु एउटा खेलाडी जीवन भर गोल गर्न सके पनि नसके पनि जीवनभर फुटवल खेल्छ । म पनि यस्तै मान्छे हुँ । मैले कति खेलमा गोल गर्न सकिन । कतिमा फल गरे । कतिमा पेनाल्टी मिस गरे । त्यो थाहा छैन । तर पनि म मैदानमा छु ।
आज पनि म संघर्ष गरिरहेको छु । मैले मुन्द्रको कमेडी क्लवको संर्घषको कथा लेख्ने हो भने जो कोहीको आँखा रसाउछ । त्यसरी दुःखले काम गरेको छु ।
विकाश बोर्डको हलमा ट्रली चलाउन पनि नमिल्ने र क्यामेरा चलाउन नमिल्ने हल थियो । एक दिनमा चार भाग कार्यक्रम नगरे नभ्याउने अवस्था थियो । ४ भाग एसी नभएको हलमा सुटिङ गर्दा मेरो गञ्जी पसिनाले भिज्थ्यो । लास्टमा निन्द्रा लाग्थ्यो । सिंहदरवार अगाडि पुग्दा आँखा रनन भयो । भद्रकाली मातालाई ढोगेर ‘कर्म गरेर आएको हुँ मेरो पसिना कामका लागि बगेको छ माता’ भने । अहिले पनि अवस्था यस्तै छ ।
तर हाम्रो तुलना अरुसँग गरिन्छ । यसो गर्दा चित्त दुख्छ । कोरोना माहामारीपछि बजारमा मन्दी छ । दिनेले पनि धेरै दिन सक्दैन । कि म डुव्नु प¥यो । कि अरुलाई डुवाउनु प¥यो । अरुलाई के डुवाउनु ? भनेर जे हो त्यही देखाएको छु । सबैको सहयोगको अपेक्षा गरेको छु । म आत्तिन्छु तर मातिन्न ।

भिडियो हेर्नुस् :

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ५९ बजे