२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा १ सय ६७ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



८ साउन । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको आयोजनामा ललितपुरमा १ सय ६७ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
ललितपुरको महालक्ष्मीस्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सानुराज बज्राचार्य, शंकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १६७ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गर्नेहरू युवाहरुलाई टिका लगाएर स्वागत गरेका छन् । उनले सबैलाई उचित जिम्मेवारी दिने आश्वासन दिए ।
माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गने सबैलाई बधाई दिदै पार्टीको भविश्य सुन्दर रहेको बताए । उनले सबै मिलेर पार्टीलाई बलियो बनाउनु पर्ने धारणा राखे ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।