५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सासंद उदयशम्सेरले प्रधानमन्त्रीलाई सोधे, ‘ललितपुरका सडक विस्तारका लागि मुआव्जा खोई’



ललितखबर
१२ भदौं । ललितपुरका सासंद उदयशम्सेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरका सडक विस्तारका लागि सरकारले मुआव्जा दिने नदिने सन्र्दभमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न सोधेका छन् ।
संघीय संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तरका क्रममा सोधेका प्रश्नको उत्तर दिदै प्रधानमन्त्री दाहालले आवश्यक बजेटको व्यवस्था गरिने उत्तर दिएका छन् ।
राजधानीबाट प्रदेश राजधानी हेटौडा जोड्ने छोटो मार्गको रुपमा परिचित कान्ति लोकपथको सातदोबाटो टिकाभैरव सडक विस्तारका लागि सरकारले मुआव्जा नदिदा सडक विस्तार हुन सकेको छैन । ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी, भैसेपाटी, टिकाभैरव र लुभु सडकमा समेत मुआव्जा नदिदा सडक विस्तारमा बाधा उत्पन्न भएको छ ।

यस्तो छ सासंद उदयशम्सेर राणाको प्रश्न
प्रश्‍न नं. १
प्रश्‍नकर्ताः मा. उदयशमसेर राणा
प्रश्‍नको व्यहोरा
१. उपत्यकाभित्र बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न रिङ्गरोड बाहिरका नगरहरू र गाउँहरूसम्म जोडिने सडक विस्तार गर्न नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाएता पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकसमा समस्या परेको छ। साथै उपत्यकाको ३५ प्रतिशत भू९भाग ओगटेको ललिपुर क्षेत्र नं. १ लाई जोड्ने ३ वटै सडकलाई मुआब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विभेद गरिएको छ। विभेद गरिएका वैकल्पिक सडक र नयाँ बस्ती विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ ?
२. यतिबेला आर्थिक सूचकांकहरू ९क्ष्लमष्अबतयचक० सकारात्मक छन्। भुक्तानी सन्तुलन पनि राम्रो छ।तर अर्थतन्त्र अवरुद्ध अवस्थामा छ।
३. वैदेशिक लगानी र सहयोग बढ्न सकेको छैन। यस्तो अवस्थामा आन्तरिक लगानी बढाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन। एकातिर बैंक वित्तीय संस्थामा पैसा थुप्रिएको छ, तर साना तथा मझौला उद्योगहरू ऋण नपाएको गुनासो गरिरहेका छन्। अर्थ व्यवस्थाको यो असन्तुनललाई सम्बोधन गर्न सरकारको तयारी के छ ?
४. साथै¸ प्रधानमन्त्रीको आउँदो चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ३७ बजे