२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बिराट महायज्ञस्थल बनाइयो झिलिमिलि, कार्यक्रम सुरु नहुँदै ५० लाख खर्च (तस्विरहरु)



ललितखबर
१९ भदौं । ललितपुर गोदावरी क्षेत्रमा बुधबारबाट सुरु हुने विराट ज्ञान महायज्ञको तयारी भव्य रुपमा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा समुद्घाट गरिने कार्यक्रम स्थल ध्वजापत्ता स्वागतद्वार र पण्डलले सझाइएको छ ।


महायज्ञस्थलमा विशिष्ट पाहुनाघर, प्रसाद स्थल सचिवालय, होम तुलादान स्थल निर्माण गरिएको छ । ललितपुरको सातदोवाटोखि अनुष्ठान अयोजनास्थलसम्म स्वागतद्वार निर्माण गरिएको छ ।


मामाघर अनाथालय आश्रम निर्माणको सहयोगार्थ अनुष्ठान आयोजना गरिएको चर्चित कथाबाचक वालयोगेश्वर विजयमूर्तिले जानकारी दिए । उनले भने,‘हामीलाई सरकारले जग्गा उपलव्ध गराए गुरुयोजना अनुसार आश्रम निर्माण गर्न पाँच करोड लाग्छ ।’


कार्यक्रमस्थलमा आयोजित पत्रकार सम्मेलनमा महाराजले अनुष्ठानअघि नै करिव ५० लाख खर्च भइसकेको जानकारी दिए । उनले भने, ‘हामीले धेरै यस्ता कार्यक्रम गरिसकेको हुनाले धेरैले सरसामाग्री उधारो दिन्छन् । अनुष्ठानको तयारी गर्न समस्या पर्दैन ।

गोदावरी कुण्डबाट बुधबार विहान ७ बजे कलशयात्रा सुरु हुँदैछ ।
चर्चित कथाबाचक वालयोगेश्वर विजयमूर्ति महाराजको पहलमा स्थापित यस अनुष्ठानको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्ने कार्यक्रम छ ।

     

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।