२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यदर्शन सहकारीका कोषाध्यक्ष बडिखेलका कुमार रम्तेल कुमारीपाटीबाट पक्राउ



काठमाडौँ
२५ भदौ । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका ४ बडिखेल बस्ने ४२ वर्षीय कुमार रम्तेललाई आज ललितपुर महानगरपालिका १४ कुमारीपाटीबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छने्।

उनका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो ।
सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौ सय ७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।