२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीका वडाध्यक्ष घिमिरेद्वारा महायज्ञमा ५० हजार दान गर्दै अनाथ आश्रम बनाउने प्रतिबद्धता व्यक्त



 

ललितपुर गोदावरी
२७ भदौ । गोदावरी नगरपालिका वडा ३ का अध्यक्ष राज घिमिरेले गोदावरीमा जारी श्रीमद भागवत महायज्ञमा ५० हजार ५ सय दान गर्दै वालवालिकाहरुका लागि अनाथ आश्रमका बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडाअध्यक्ष घिमिरेले भने, ‘गरिब परिवारमा जन्मेर ज्येष्ठ नागरिकहरूको लागि भवन बनाए जस्तै अनाथ आश्रम बनाउन आमाले  आशिर्वाद दिएकी छिन् । सबैको सहयोग जुटाएर बनाउन सघाउन म प्रतिबद्ध छु ।’
गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँ स्थित जारी रहेको महायज्ञमा अनाथालय आश्रमका लागि गोदावरी वडा ३ मा जग्गा व्यवस्थापन गरेर भवन कार्यमा सहयोग गर्ने मामाघर आश्रमका अध्यक्ष बालयोग्यस्वर विजयमुर्ति महाराजसामु उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले आफूसँग जे छ त्यसैबाट केही अंश आश्रम बनाउनका लागि मन दिल खोलेर महायज्ञमा दान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।