१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा कफि प्रबद्र्धन गर्दै महाँकाल गाँउपालिका



ललितखबर
९ असोज । कफि खेतीका लागि प्रसिद्ध दक्षिण ललितपुरमा महाँकाल गाँउपालिका खेती प्रबद्र्धन गर्न बजेट विनियोजन गरेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले कफी खेती प्रबद्र्धनका लागि गाँउपालिकाले ४ लाख बजेट राखेको जानकारी दिएका छन् ।
कार्यकारी अधिकृत विष्टले यस क्षेत्रमा कफी समूह, सहकारी र संघहरुलाई प्रस्ताव माग गरेको बताए । उनले भने, हामीले दर्ता भएका संघ संस्थामार्फत सिधै किसानलाईं अनुदान लैजान लागेका छौं । यसबाट किसानलाई कफी खेत ीथप गर्न हौसला मिल्नेछ ।

गाँउपालिकाले यही असोज १३ गतेसम्म प्रस्ताव बुझाएर अनदान दाबी गर्ने समय तोकेको छ ।पछिल्लो समय दक्षिण ललितपुरको महाँकाल ६ ठूलादुर्लुङका किसान व्यवसायिक रुपमै कफी खेतीतर्फ आर्कर्शित भएका छन् ।गोटिखेल कालेश्वरलगायतका ठाँउमा कफी खेती हुने गरेको छ । यस क्षेत्रका किसान पछिल्लो समय चिया र ओखर खेतीतर्फ समेत आर्कर्शित भएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ०४ बजे