१४ असोज । गोदावरी नगरका सामाजिक बिकास सल्लाहकार बशिष्ठ अधिकारीले पदत्याग गरेका छन् ।
सामाजिक सञ्जालमा मार्फत सल्लाहकार अधिकारीले पदत्याग गरेको घोषणा गरेका हुन् ।
आजैका मनोनित पद र संस्थागत जिम्मेवारीबाट स्वेच्छाले मुक्त हुने निर्णयमा पुगेको उनले उल्येख गरेका छन् ।
उनी नगरपालिकाको सामाजिक बिकासको बिबिध क्षेत्र, स्थानीय नगर बाल अधिकार समितिमा बिज्ञ सदस्य, स्थानीय अपाङ्गता समन्वय समितिमा संस्थागत प्रतिनिधि सदस्यको रूपमा समेत सक्रिय थिए । अधिकारी नेपाली काँग्रेस जिल्ला सचिव समेत हुन् ।
टाहाखेल रंगशालालगायत विभिन्न परियोजनाको सरकारी जग्गा दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ताभएसँगै मेयर गजेन्द्र महर्जन अप्ठ्यारोमा परेका छन् । सल्लाहकार अधिकारीले समेत मेयर महर्जनको साथ छोडेसँगै नगरपालिकाको असन्तुष्टि विस्तारै बाहिरिएको छ ।
प्रतिक्रिया