१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी खोलामा फोहोर घट्यो, रसाइन बढ्यो



ललितखबर
२० असोज । गोदावरी खोलामा पछिल्लो समय फोहोर फ्याक्ने क्रम घटेको छ । तर खोला वरपर स्थापना भएका उद्योगले रासाइनिक पर्दाथ मिसिएको पानी फ्याक्दा नयाँ समस्या श्रृजना भएको छ ।
गोदावरीको मुहानमा पानी खान योग्य भएपछि तल्लो क्षेत्रमा क्रमशः फोहोर बढेको गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी बताउछिन् ।
अभियन्ता सधै खोलामा पसेर फोहोर टाप्दा समस्या समाधान नहुने देखेर छलफल बहस र सचेतनामुलक प्रर्दशन र ¥याली गर्दा प्रतिफल देखिएको उनी बताउछन् । भन्छिन्, ‘हामीले यो शनिबार रचनाटारमा छलफल चलायौं । खोलामा २ गाडी फोहोर फ्याकिएको भेटिन्थ्यो । अहिले घटेर ३ डोको भएछ ।’
अभियान २ सय ४२ हप्तादेखि जारी छ । अभियान कर्मनासा र नल्लु खोलामा समेत विस्तार भएको छ ।
स्थानीयहरु गोदावरीमा कारखानाबाट दुगन्धयुक्त फोहोर मिसिएको पानी फ्याक्दा बस्तीमा समस्या भएको बताउछन् ।
गोदावरी ३ का वडाध्यक्ष राज घिमिरे वियर कारखानालाई आफूले सचत गराएर प्रशोधित पानी मात्रै फ्याक्ने व्यवस्था गराएको बताउदै भन्छन्, ‘गुनासो गर्ने व्यक्तिले वडामा निवेदन दिए । हामी कारवाही अघि बढाउछौं ।’

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५३ बजे