२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बडिखेल कोड्कु खोलामा करेन्ट लगाएर माछा मार्ने दलबहादुर पहरीका मृत्यु



 

काठमाडौं
१२ कात्तिक । ललितपुरको बडिखेल कोड्कु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय दलबहादुर पहरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ४ बस्ने ४० वर्षीय दलबहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
बडिखेलको कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ पर्नेको ना मभने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।