२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बडिखेल कोड्कु खोलामा करेन्ट लगाएर माछा मार्ने दलबहादुर पहरीका मृत्यु



 

काठमाडौं
१२ कात्तिक । ललितपुरको बडिखेल कोड्कु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय दलबहादुर पहरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ४ बस्ने ४० वर्षीय दलबहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
बडिखेलको कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ पर्नेको ना मभने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।