२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ठैवमा हाट बजार लाग्ने



ललितखबर
१४ कात्तिक। ललितपुरको गोदावरी क्षेत्र ठैवमा हाट बजार लाग्ने भएको छ । यही कात्तिक २४ गते साँझ फुल्चोकी मन्दिरपरिसरमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
हाट बजारका लागि गोदावरी १४ नम्बर वडा कार्यालयले सहयोग गर्ने बताइएको छ ।
गोदावरी उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको बजार प्रबद्र्धन गर्ने भन्दै गत महिनाबाट नगरभर हाट बजार सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो ।
गत असोज २८ गते साँझ ललितपुरको ठेचोमा हाट बजार सञ्चालन गरिएको थियो । एक दिन सञ्चालन गरिएको हाट बजार त्यसपछि सञ्चालन भएको छैन । ठेचोमा स्थानीयहरुले उत्साजनक रुपमा हाट बजारमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।