ललितपुर (गोदावरी)
१५ कात्तिक । जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अध्यक्षमा कर्म महर्जन सर्वसम्मत रुपमा चयन भएका छन् ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरणकुमार महर्जन र सुमन खड्का तथा सचिवमा सुरेन्द्र महर्जन, उपसचिवमा अस्वेन्दर् महर्जन र कोषाध्यक्षमा सविनकुमार महर्जन चयन भएका हुन् ।
अधिवेशनले १६ सदस्य समेत चयन गरेको छ । कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बागमती प्रदेश इञ्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय समिति सदस्य भगवती सुवेदीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया