१६ कात्तिक । दशैंको बेला घर गएको मौका छोपेर ललितपुर चापागाँउ मुलडोलको एक टहरामा चोरी भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका १० मुलडोल बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका १० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
बम बहादुर बानिया गत असोज २९ गते खोटाङ गएर कात्तिक १५ गते फर्किदा चोरी भएको पत्ता लागेको थियो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१६ कार्तिक २०८०, बिहिबार
1.5k
Shares
प्रतिक्रिया