२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाँकाल गाँउपालिका अध्यक्ष केसी चढेको गाडी दुर्घटना, अवस्था सामान्य



ललितखबर
१६ कात्तिक । ललितपुर महाँकाल गाँउपालिकाका अध्यक्ष गणेश केसी चढेको गाडी दुर्घटना भएको छ ।
दक्षिण ललितपुरको गोटिखेलमा गाडी दुर्घटनापछि अध्यक्ष केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उपाध्यक्ष गोल्मा मायाँ गोलेले बताइन् ।
उनले भनिन्, ‘सामान्य दुर्घटना हो । डराउनु पर्ने अवस्था छैन । अध्यक्षज्यूलाई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरमा लगिएको छ ।’
अध्यक्ष चढेको गाडीको टायर सडकबाट बाहिर पुगेको थियो ।
गोटीखेलको वगीडोल भन्ने ठाँउमा दुर्घटनाको खबर आएको टुंगुन प्रहरी चौकी गोटिखेलले जानकारी दिएको छ । प्रहरी चौकीका एक प्रहरीले भने, ‘हाम्रो टोली घटनास्थल जाँदैछ ।’

गाडीमा अध्यक्ष केसी दम्पती रहेको बुझिएको छ । दुर्घटनामा परेको गाडीको नम्बरलगायत विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीको भनाई छ ।

 

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।