२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाँकाल गाँउपालिका अध्यक्ष केसी चढेको गाडी दुर्घटना, अवस्था सामान्य



ललितखबर
१६ कात्तिक । ललितपुर महाँकाल गाँउपालिकाका अध्यक्ष गणेश केसी चढेको गाडी दुर्घटना भएको छ ।
दक्षिण ललितपुरको गोटिखेलमा गाडी दुर्घटनापछि अध्यक्ष केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उपाध्यक्ष गोल्मा मायाँ गोलेले बताइन् ।
उनले भनिन्, ‘सामान्य दुर्घटना हो । डराउनु पर्ने अवस्था छैन । अध्यक्षज्यूलाई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरमा लगिएको छ ।’
अध्यक्ष चढेको गाडीको टायर सडकबाट बाहिर पुगेको थियो ।
गोटीखेलको वगीडोल भन्ने ठाँउमा दुर्घटनाको खबर आएको टुंगुन प्रहरी चौकी गोटिखेलले जानकारी दिएको छ । प्रहरी चौकीका एक प्रहरीले भने, ‘हाम्रो टोली घटनास्थल जाँदैछ ।’

गाडीमा अध्यक्ष केसी दम्पती रहेको बुझिएको छ । दुर्घटनामा परेको गाडीको नम्बरलगायत विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीको भनाई छ ।

 

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।