१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरपालिकाले भुकम्पपिडितलाई २५ लाख दिने



ललितखबर
१९ कात्तिक । गोदावरी नगरपालिकाले भुकम्पपिडितलाई २५ लाख दिने निर्णय गरेको छ ।
नगरपालिकाकी उपमेयर मुना अधिकारीले जाजरकोट र रुकुम (पश्चिम) क्षेत्रका भुकम्पपीडितहरुको उद्धार , राहत र पुनस्र्थापनाका लागि गोदावरी नगरपालिकाले आफनो बिपद व्यवस्थापन कोषबाट २५ लाख दिने निर्णय गरेको ललितखबरसँग बताइन् ।
घटनाले प्रभावित क्षेत्रमा मात्र नभई नगरपालिकाबासी मर्माहत भएको बताउदै बिपदको समयमा सबै एक भएर विपत्तिको सामना गर्न जरुरी रहेको नगरपालिकाले जनाएको छ ।
गत शुक्रबार मध्यराती ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भुकम्पपछि जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौं संख्यामा घाइते भएका थिए ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ५४ बजे