५ मंसिर । सुरक्षा व्यवस्थासहित व्यवस्थित बसोबास रहेको ललितपुर भैसेपाटीको विनायक कोलोनीमा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ भैसेपाटी बिनायक कोलनी बस्ने कामेश्वर यादबको घरमा चोरी भएको हो । उनको घरबाट नगद २ लाख रूपैयाँ, अमेरीकी डलर, भारतीय रुपैँया र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैँया बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।
यादवको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मुल गेटको ताला फोडेर चोरी गरेको थियो । चोरीको सूचनापछि प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया