ललितपुर गोदावरी
६ कार्तिक । कार्तिक शुक्ल एकादशीका दिन गोदावरीस्थित धार्मिक विशंखुनारायण मन्दिर क्षेत्रमा हरिबोधनी एकादशीको अवसरमा लगाइने मेलाको तयारी पुरा भएको छ ।
मेला व्यवस्थापनका लागि ८० जना गेम स्काउट, इलाका प्रहरी, स्वयंसेविका र समितिका पदाधिकारीहरूको सहयोग रहने र अहिले मेलाका लागि तयारी पुरा भएको गोदावरी नगरपालिका वडा १ का वडा अध्यक्ष श्रीराज थापाले जानकारी दिए ।
विशङ्खुनारायण मन्दिर, मुक्तिनाथ, र मनकनमना मन्दिर हुदैँ सरसफाई तथा खाल्डाखुल्डी बाटो मर्मत कार्यक्रम सम्पन्न भएको छ ।
यस वर्ष ठूलो एकादशी मेलामा भोलि बिहानैबाट पूजाआजा सुरु हुनेछ । राती सम्ममा हजारौँ दर्शनार्थीहरु आउने लक्ष्य रहेको अध्यक्षले बताए ।
गाडीमा आउने दर्शनार्थीहरुका लागि बाँडेगाउँबाट छिरेर ठैवबाट निस्किने व्यवस्था गरिएको छ । ठूलो गाडी गोदामचौरमा पार्किंग गर्ने र सानो गाडीहरू ललितपुर घुम्तीको भण्डारीचौरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
विश्व विशङ्खुनारायण मन्दिरमा गुफाभित्र नारायणको मुख्य पूजास्थल छ । धार्मिक दृष्टिले विशंखुनारायाण हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल रहेको गोदावरीनगरपालिका वडा १ मा बस्ने पुजारी बासु आचार्यले बताए ।
उपत्यकाभित्र रहेका चार नारायण मध्ये विशंखुनारायणलाई माइला, भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौँ दक्षिणकालीमा रहेको शेषनारायणलाई साइला नारायण, र इचङ्गुनारायणलाई कान्छो नारायणका रुपमा पुज्न्ने गरेका पुजारीले बताए ।
अर्चना झा रासस
६ मंसिर २०८०, बुधबार
174
Shares
प्रतिक्रिया