१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी खोलामा करिडोर निर्माण अलपत्र



ललितखबर
७ मंसिर । गोदावरी खोलामा करिडोर निर्माण सुरु नै नभई अलपत्र परेको छ ।
काठमाडौं उपत्यका नगर विकाश प्राधिकरणले चार करोड बजेट विनियोजन गरेको भए पनि काम भने सुरु भएको छैन ।
करिडोर निर्माण सुरु नहुँदा नदि फोहोर हुने क्रम बढेको गोदावरी क्षेत्र खोला सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी बताउछिन् ।
उनी भन्छिन्,लुभु क्षेत्रमा ढल मिसाइएको छ । करिडोर क्षेत्रमा ढल राखेर प्रशोधन गर्ने काम भए राम्रो हुन्थ्यो ।
खोला किनारमा ढल मात्रै होइन छठ मनाउन घाट नहुँदा समस्या देखिएको छ ।खोला किनारमा पछिल्लो समय छठ पर्व मनाउन भीड बढे पनि घाट निर्माण नहुँदा समस्या भएको स्थानीय बताउछन् ।
महालक्ष्मी ५ का वडाध्यक्ष कपिल केसी भने करिडोरको सडक निर्माण नगरि ढल लगायतको संरचना पहिले नै निर्माण गर्न सम्भव नहुने बताउछन् । भन्छन्, ‘सिमांकन को काम गर्न डिपिआर चाहिन्छ । काम हुँदैछ ।’
अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकाश समितीले गोदावरी खोलाको वरपर दुवैतर्फ सडक, ढललगायतको संरचना निर्माणका लागि डिपिआर बनाउन सुरु गरेको छ ।

ललितपुरको फुल्चोकी जंगलबाट बग्ने गोदावरी खोला गोदावरी, टौखेल,बाँडेगाँउ,ठैव , शंखादेवि, लुभु, चागाँथली हुँदै वालकोटबाट मनहरा खोलामा मिसिन्छ ।
महालक्ष्मी नगरपालिकाले कर्मनासा खोलाका लागि चार करोड बजेट विनियोजन गरेर काम सुरु गरेको छ । यो करिडोरको नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले केही समयअघि शिलान्याश गरिसकेका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ४६ बजे