१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाको उद्योग नीतिको आलोचना



ललितखबर
१२ मंसिर । गोदावरी नगरपालिकाको उद्योग नीतिको उद्योगी व्यावसायीहरुले आलोचना गरेका छन् ।
चापागाँउमा गोदावरी उद्योग बाणिज्य संघको कर सहयोग डेक्सको शुभारम्भका सहभागी उद्यमीहरुले नगरपालिकाले स्प्रष्ट नीति नलिदा व्यावसाय गर्न कठीन बनेको गुनासो गरे ।
गोदावरी उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर सञ्जेलले नगरपालिकाले कुन उद्योगलाई चलाउन मिल्ने कुन नमिल्ने स्प्रष्ट नीति अंगाल्नु पर्ने बताए ।
बेला बेलामा नगरपालिकाले लेले नल्लु क्षेत्रमा क्रसर र ढुंगा खानी सञ्चालनमा रोक लगाउने र खोल्ने गर्दा उद्यम गर्ने उद्योगीहरु समस्यामा छन् । उनले भने, ‘नगरपालिकाले यो उद्योग चलाउनै मिल्दैन भन्ने हो भने उद्यागीहरु समस्यामा पर्दैनन् ।’
पछिल्लो समय आफूले सञ्चालन गरिरहेको पोल्ट्री व्यावसाय अप्ठ्रो परिरहेको सन्दर्भ उल्येख गर्दै नगरपालिकाले व्यासायीहरुको संरक्षणमा काम गर्नु पर्ने तर्क गरे ।
निवर्तमान अध्यक्ष जगन्नाथ महर्जनले गोदावरीमा समृद्ध गोदावरी सम्मेलन आयोजना गरेर गोदावरी क्षेत्रको उद्यम विकासमा नगरपालिकाले पहल थाल्न सुझाव दिए पनि अहिलेसम्म कार्यान्वयन नभएको दुखेसो व्यक्त गरे । महर्जनले भने, ‘भारतमा नरेन्द्र मोदीले भाइव्रण्ट गुजरात सम्मेलन आयोजना गरेर लगानी जुटाएर राजनीतिमा अघि बढेको उदाहरण दिदै गोदावरीका यस क्षेत्रमा रहेका पुर्वसचिवलगायत अनुभवीहरुको सहयोग लिएर अघि बढ्नु पर्छ ।’
सम्मेलनका लागि तयारी सुरु गरिएको भए पनि अघि नबढेकोमा उनको गुनासो थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले उद्योगी व्यावसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सकिने आश्वासन दिए । उनले सम्भावनाका क्षेत्र पहिचान गर्दै नगरपालिकाले उद्योग नीति बनाउनु पर्ने सकारात्मक विषय भएको बताए । प्रशासकीय अधिकृत रेग्मीले भने, ‘उद्योगी व्यावसायीहरुले पनि समृद्ध नगरपालिका निर्माणका लागि लगानी गरेर अघि बढ्नु पर्छ ।’
सरकारको उद्योग नीति व्यावसायमिैत्री नभएको र उद्यमीहरुले काम गर्न धेरै ठाँउमा दर्ता लगायतका झण्डटिला प्रकृया पुरा गर्नुपर्ने बाध्यता रहेको आफूले पाएको भन्दै साहानुभूति देखाएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ३७ बजे