१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विशंखुनारायण मन्दिरमा गाग्री र खड्कुलो चढाउनेको लर्को



ललितखबर
१३ मंसिर । ललितपुरको विशंखुनारायण मन्दिरमा आजकल गाग्री र खड्कुलोलगायत भाँडाकुलो चढाउने भक्तजनहरुको लर्को लाग्ने गरेको छ ।
अन्य मन्दिरमा फुल प्रसाद बोकेर पुग्ने भक्तजन यस नारायण मन्दिरमा भने तामा र सिपत्तलका भाडा बोकेर पुग्ने गरेका छन् ।


मन्दिरको शिरमा अष्टनागको मूर्ति निर्माणका लागि भक्तजनहरुसँग तामा र पित्तलको भाडा चढाउन ल्याउन आह्वान गरेसँगै भक्तजनहरु भाँडा बोकेर मन्दिर आउने गरेको गोदावरी २ का वडाध्यक्ष मनोहर सिलवालले बताए ।
गएको असारबाट मन्दिर व्यवस्थापन समितीले अष्टनाग निर्माणका लागि तामा र पित्तलको सरसामान चढाउन भक्तजनहरुलाई आह्वान गरेको थियो । आह्वानपछि मन्दिरमा अहिलेसम्म २ हजार किलोग्राम तामा र पित्तलको भाँडाकुँडा जम्मा भएको वडाध्यक्ष सिलवालले बताए । भने,‘राजधानकिो टाढा टाढाबाट पुराना तामा र पित्तलका भाँडा ल्याउने गरेका छन् । दर्शनार्थी गाडी रिर्जभ गरेर आउँदा भाँडा पनि ल्याइदिन्छन् ।’
मन्दिरको अष्टनागको मूर्ति निर्माणका लागि व्यवस्थापन समितीले कालीगढलाई अर्डर गरिसकेको छ । साँचो पनि बनिसक्यो । वडाध्यक्ष सिलवालले बताए ।
अष्टनाग २१ फिट चौडा र १३ फिट अग्लो हुनेछ । अष्ठनागको मूर्ति मन्दिरको माथि छानो रहनेछ । विशंखु नारायणको मूर्ति प्राकृतिक गुफामा रहेको छ ।
पछिल्लो समय मन्दिरमा पाटी,सत्तल,पेटी,सिडिलगायत दाची ईटा र बज्रको प्रयोग गरेर संरचना निर्माण हुँदेछ ।
राजधानीको चार नारायण मध्येको एक विशंखुनारायणमा सधंैजसो हिन्दुधर्मालम्बीहरुको आगमन हुने गर्दछ । राजा गिर्वाणयुद्धको समयमा मन्दिरमा पुजारी राखेर विधिवत रुपमा मन्दिर सञ्चालन गरेको इतिहास छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ३९ बजे