१३ मंसिर । बागमती गाउँ पालिकामा शैक्षिक सुधारको लागि गरेका कार्यक्रमको अनुगमन गरिएको छ ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले नेदरल्याण्डको वल्ड एन डेडको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो ।
अनुगमनमा वल्ड एन डेड नेदरल्याण्डका प्रतिनिधिहरू र संस्थाका नेपाल प्रतिनिधि,जनप्रतिनिधि र पत्रकारलगायतको सहभागीता थियो ।
बागमती गाउँ पालिकाका सातकन्या आधारभूत विद्यालय र भट्टेडाँडा आधारभूत विद्यालयको अनुगमनकमा विद्यालयमा सिकाई परिक्षण गरिएको थियो ।
अनुगमनका क्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, शिक्षा अधिकृत कपिलमणि पौड्याल, वडाध्यक्षहरू, रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भिमबहादुर बोगटी, रातो बङ्गला फाउन्डेसन, इसिइसि र किस्कका प्रतिनिधिहरूकोसहभागिता थियो ।
अनुगमनपछि वागमती गाँउपालिकाका अध्यक्ष बीर बहादुर लोप्चनले रिड नेपालको सहयोगमा सञ्चालित परियोजनाहरुका कारण यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुगेको भन्दै धन्यवाद दिए ।
उनले रिड नेपालको कार्यक्रमहरु प्रभावकारी रहेको र वाकी ३ वटा वडाहरूमा पनि विस्तार गर्न आग्रह गरे । अध्यक्ष लोप्चनले कार्यक्रमा आफूले समेत सहयोग गर्ने बचन दिएका थिए ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रेड नेपालले विगत ३ महिनादेखि बागमती गाउँ पालिकाका वडा नम्बर १, २, ३ र ५ गरी ४ वटा वडाहरूमा शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।
जस अन्तर्गत आधारभूत कक्षाकोठा व्यवस्थापन सम्बन्धी १० दिने शिक्षक तालिम, प्रारम्भिक वाल विकास सम्बन्धी १० दिने तालिम, एकीकृत पाठ्यक्रम सम्बन्धित ३ दिने तालिम, लैङ्गिकता सम्बन्धी शिक्षक तालिम, अभिभावक अभिमुखीकरण तालिमहरू, शैक्षिक सामग्री, पाठ्यक्रम र शिक्षक निर्देशिका वितरण, विद्यालय अनुगमन र सहयोग लगायतका कार्यक्रमहरू इन्टेन्ट परियोजना अन्तर्गत गर्दै आइरहेको छ ।
उक्त कार्यक्रमको सहजीकरण रिड नेपालका इन्टेन्ट परियोजना संयोजक ऋषिकेश आचार्य र तालिम अधिकृत मञ्जु खनियाले गरेकी दिइन् ।
प्रतिक्रिया