१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरका ४५ सहकारीलाई किन कारवाही नगर्ने ?



१५ मंसिर । दक्षिण ललितपुरका ४५ सहकारीले सहकारी ऐन २०७५ को दफा ५२ को उपदफा १(झ) उलंघन गरेको कारण देखाउदै महाँकाल गाँउपालिकाले किन कारवाही नगर्ने ? भन्दै सूचना निकालेको छ ।
गाँउपालिकाले गत साउन २ गते विवरण माग गरे बमोजिम यहाँ सञ्चालित सहकारी र लघु वित्त संस्थाहरुले अटेर गरेपछि किन कारवाही नगर्ने भन्दै सुचना प्रकाशन गरेको हो ।
विवरण नबुझाउनेमा कोअपरेटिभ न्युज सूचना तथा संचार,विमिरे मौरीपालन,तीनकुने तरकारी तथा फलफूल,गौत्तम बुद्ध कृषि सहकारीलगायत छन् ।
गाँउपालिकाले महाँकाल गाँउपालिकामा दर्ता नभएकार तर क्रियाशित बित्तीय संस्थाहरुलाई समेत विवरण बुझाउन भनेको छ । गाँउपालिकाले कारोबार नै नगरी निश्क्रिय सहकारी खारेजका लागि विवतरण मागेको बुझिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : १८ बजे