२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरका मेयर उपमेयरले सडक बत्तीमा छुट मागे, कुलमानले भने, ‘हुँदैन’



ललितखबर
१६ मंसिर । ललितपुरमा मेयर चिरिवाु महर्जन र उपमेयर मञ्जली शाक्यले भर्खरै जडान गरिएको सडह बत्तीमा छुट मागे पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छुट दिन नसकिने बताएका छन् ।
ललितपुरको एक कार्यक्रममा उपमेयर मञ्जली शाक्यले सडक बत्ती जडानको लागि पुर्वाधार लगानी महानगरले गरेकाले विजुत्ती बत्तीमा प्राधिकरणले ५० प्रतिशत छुट दिनुपर्ने माग गरिन् । उनले भनिन्,‘सडक बत्ती राख्न पोल विद्युतको चीम र मिटरलगायतका संरचना निर्माणका लागि महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । अव सार्वजनिक स्थलमा बत्ती बाल्न प्राधिकरणले ५० प्रतिशत लगानी गरोस् ।’
सार्वजनिक स्थलबा बत्ती बाल्न ठूलो रकम महसुल बुझाउनु पर्ने अवस्था आएको र महानगर सञ्चालन खर्चको भार परेको उनको भनाई थियो ।
महानगरका मेयर चिरीबाबु महर्जनले आफू उपत्यका मेयर फोरमको अध्यक्ष समेत रहेको बताउदै १८ वटै नगरपालिकामा सडक बत्ती जडानको लागि पहल गरिरहेको बताए । उनले आफूले सबै नगरको बजेट एकमुठ गरेर प्राधिकरणलाई बुझाउने बताए । उनले फोरमको तर्फबाट छुटको माग सहितको निवेदन प्राधिकरणलाई बठाउने तयारी समेत गरेको जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ रुपैयाँ प्राधिकरणको लगानी परेको विजुली बत्तीको पैसा महानगरलाई ७ रुपैयाँ ५० पैसा पर्ने बताए । उनले सार्वजनिक निकायलाई पहिले नै छुट गरिएकोले विलुजी बत्तीको छुट हुन नसक्ने बताए । उनले भने,स्मार्ट बत्ती भएकाले सफ्ट वेयरबाटै उज्यालो घटाउन र बढाउन मिल्छ । यसो गर्दा धेरै पैसा पनि उठ्दैन । विल पनि सफ्टवयेरबाटै हेर्न मिल्छ । घटबढ हुँदैन ।’

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।