१६ असार । गोदावरी नगरपालिकाले कर्मा कन्ट्रक्सनसँग १ करोड १४ लाख ९२ हजार बेरुजु उठाउन ताकेता गरेको छ ।
गत ०७७/७८ आर्थिक बर्षमा यस निर्माण कम्पनीले ढुंगा गिटी र वालुवालगायत निर्माणजन्य सामाग्रीको ठेक्का बमोजिमको रकम नतिर्दा महालेखा परिक्षकको कार्यालयले बेरुजु कामय गरेको थियो ।
नगरपालिकाले गत २०७९ असार २९ गते नै पत्राचार गरेर बेरुजु फरफार गर्न पत्राचार गरे पनि कर्मा कन्ट्रक्सनले अटेर गरेर बसेको थियो ।
एक दैनिक पत्रिकामा सुचना निकाल्दै नगरपालिकाले यस निर्माण कम्पनीले बेरुजु रकम नबुझाए कानूनी कारवाही गर्ने धम्की दिएको छ ।
२०७८/७९ आर्थिक बर्षमा यस नगरपालिकामा रू.११ करोड ३५ लाख ९१ हजार बेरुजु थपिएको थियो । यस अवधिसम्म नगरपालिकाको बेरुजु रकम रू।३७ करोड ७१ लाख
८७ हजार पुगेको छ ।
प्रतिक्रिया