१७ मंसिर । भर्खरै ललितपुर महानगरले खुलाएको नगरप्रहरीको जागिरका लागि ८ सय २८ जनाले आवेदन दिएका छन् भने ३ सय १८ जना मात्रै स्वास्थ्य परिक्षणपछि परिक्षाका लागि योग्य ठहरिका छन् ।
महानगरले यही मंसिर १८ गतेदेखि २१ गतेसम्म उम्मेदवारहरुको शारिरीक परिक्षा लिदैछ ।
५० जना नगरप्रहरीका लागि तुलनात्मक रुपमा थोरै युवाहरुको आवेदन आएको एक कर्मचारीले ललितखबरसँग बताए । महानगरले गतमंसिर ४ गते सूचना प्रकाशित गरेर समावेशी, खुला र तहविहीनमा नगरप्रहरीका लागि आवेदन खुला गरेको थियो ।
शारिरीक परिक्षण ललितपुरको सातदोबाटोस्थित सशस्त्र प्रहरी वल २१ नम्बर गणमा हुँदैछ ।
महानगरले नगरप्रहरीलाई सम्पदा संरक्षण, होर्डिङ बोर्ड हटाउने, सरसरफाई गने,आगजनी नियन्त्रण, विपद नियन्त्रणमा खटाउदै आएको छ । पुल्चोकस्थित वारुणयन्त्र परिसरमा नगरप्रहरी खडा गरेको महानगरले निकट भविश्यमा भैंसीपाटी, धापाखेल र लगनखेल बसपार्क कार्यालय खडा गर्न लागेकाले नगरप्रहरी नियुक्ती प्रकृया अघि बढाएको बुझिाएको छ ।
प्रतिक्रिया