२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको चौघरेमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ



ललितपुर
१७ मंसिर । दक्षिण ललितपुरको चौघरेमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरे तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका १ चौघरे बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।