१९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा ललितपुरकी सांसद डा. तोसिमा कार्कीले पदको लालसामा पार्टी फुट्ने चर्चाको बचाउ गर्दै पार्टी नफुट्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले देश बनाउन !! ठूलो छाती ठूलो मुटु लिएर हिँडेकाले त्ससो नहुने उद्घोष गरेकी छिन् ।
केही दिनअघि पार्टीले नेपाली काँग्रेस छोरेर पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेलाई उपाध्यक्ष र एमालेबाट आएकी भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीलाई कोषध्यक्ष बनाएपछि निर्वाचन जितेका डा. तोसिमा र सोविता गौत्तमलगायतलाई पछाडि पारेको चर्चा भएको थियो ।
विधिको शासनको वकालत गर्ने सञ्चारकर्मी समेत रहेका अध्यक्ष रवि लामिछानेलाई व्यङ्य गर्दै सोही दिन सांसद डा. तोसिमाले ‘विधिको शासन ?’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् ।
जसमा हजारौंले टिप्पणी लेख्दै रास्वपा पनि पुरानो पार्टीको जस्तो राजनीति गरिरहेको बताएका थिए ।
डा. कार्कीले आफ्नो स्टाटसलाई फरक फरक व्याख्या भइरहेको बताउदै विधीको शासन सरकारममा स्वास्थ्य मन्त्रीको हर्कतमा र न्ययालय नभएको तर्क गरेकी छिन् ।
उनले आमसर्वसाधारणलाई निराश नहुन आह्वान गरेकी छिन् ।
प्रतिक्रिया