२४ मंसिर । लामो समयसम्म शहरभरि फुटपाथ व्यापारीलाई व्यापार गर्न दिएको ललितपुर महानगरल मंगलबजारदेखि लगनखेल बसपार्कसम्मे फुटपाथ बजार हटाउन सुरु गरेको छ ।
ललितपुर महानगरले लगनखेलबाट फुटपाथ पसल हटाउन शुरु गरेको हो । ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनमा सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको बताएका छन् ।
उनले भने, ‘लगनखेल बसपार्क अब बसस्टप मात्र रहने छ ।’
वडा कार्यालयको समन्वयमा महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी राखिएको फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गरेको छ ।
स्थानीयहरु महानगरकै अनुमतिमा साँझ परेपछि सडकमात्र होइन, बसपार्क समेत साँगुरिने गरी राखिने फुटपाथ पसल प्रमुख समस्याको रुपमा रहेको बताउँछन् । यसकारण पैदल यात्रु हिडडुल तथा सवारी आवागमनमा सास्ती हुने मात्र नभइ अत्यावश्यक एवं आकस्मिक सेवा एम्बुलेन्स तथा दमकमलाई समेत गाह्रो पर्ने स्थानीयको भनाई रहेको छ ।
स्थानीयको यस समस्याबारे १९ का अध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी विक्री बाहेक अन्य सबै फुटपाथमा तथा बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताए ।
यस अघि पनि महानगरपालिकाले यस्ता पसलहरु हटाउने थालेपनि कार्यान्वयन पक्ष फितलो देखिएको थियो । यसपटक भने वडा १९, वडा १२ तथा महानगर प्रहरी बलले स्थानीयको सहभागितामा ठाउँठाउँमा ब्यानर राखी, ¥यालीहरु आयोजना मंसीर २४ बाट फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे प्रचार गरेको हो ।
मगलबजारदेखि लगनखेलसम्म मात्रै फुटपाथ हटाउदा यहाँका व्यापारी अन्य ठाँउमा गएर फुटपाथ व्यापार सुरु गर्ने सम्भावना रहेको कारण महानगरको गलत नीतिका कारण शहर अस्तव्यस्त नरोकिने सरोकारवालाहरुले चिन्ता व्यत्तः गरेका छन् ।
काठमाडौं महानगरले गतबर्ष फुटपाथका व्यापारी हटाउदा ललितपुर महानगरले भने सडकमा व्यापार गर्न दिएको थियो । काठमाडौंमा व्यापार गर्ने व्यापारीहरु ललितपुर आएर फुटपाथ व्यापार सुरु गरेपछि शहर झन् अस्तव्यस्त बनेको हो ।
ललितपुर महानगरले सडकमै पार्किङस्थल बनाएकोमा स्थानीयहरु रुष्ट छन् । स्थानीय व्यापारीहरु पसलअगाडि सडकमा महानगरले निशुल्क पार्किङस्थल भन्दै प्रचार गरिदिदा व्यापारमा बाधा पुगेको भन्दै महानगर नेतृत्वको आलोचना गर्ने गरेका छन् । केही समयअघि महानगरले सडकमै पार्किङको ठेक्का लगाएर पैसा असुल्न ठेकेदारलाई टेण्डरमा दिएपछि अदातलले हताउन आदेश दिएको थियो ।
प्रतिक्रिया