ललितखबर
२९ मंसिर । गएका २०७९ बर्ष साउन १० गतेबाट ललितपुरको ठेचोमा सुरु भएको श्री नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा शनिबार समापन हुने भएको छ ।
शनिबार जात्रा समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ठेचोस्थित मन्दिर परिसर आउने भएका छन् ।
श्री नवदुर्गा भवानी गुठीका अध्यक्ष धर्मराज मालीले जात्राका क्रममा स्वयमेसेवा गर्ने युवाहरुलाई सम्मानलगायतको कार्यक्रम रहेको बताए ।
गएको गतबर्षको साउनबाट सुरु भएको जात्राका विभिन्न २८ वटा पुजा धार्मिक पुरातात्विक नाच लगायतका अनुष्ठान गरिएको थियो ।
जात्राका क्रममा ठेचोबासीलाई देशभोजको आयोजना गरिएको थियो भने सुनाकोठीस्थित वालकुमारी मन्दिरपरिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो ।
प्रतिक्रिया